कोशी सरकार विरुद्ध सुनुवाइ स्थगित
सर्वोच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो । तर, न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेकाले शुक्रबारको सुनुवाइ हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको हो ।
यही ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गरेकाको मत लिनु गैर संवैधानिक हुने दाबीसहित ए का हिक्मत कार्कीले सर्वोच्चमा रिट दिएका हुन् ।
नन्दराज उपाध्याय
-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।