टिटकटले निम्त्यायको विकृति
प्राचिनकालदेखि मनोरञ्जन लाई प्रथामिकता दिएको छ। राजा रजौटाहरु देखि लिएर विभिन्न कुलिन वर्गहरु फरक फरक किसिमले मनोरञ्जन गरेर आनन्द लिइ रहेका हुन्थ्य । नृत्य कलादेखि लिएर रासलिला सम्म मृदुसंगीत देखि शास्त्रीय संगितसम्म सबै किसिमका कला प्रदर्शन गर्न छुटाउँदैनथ्य । तर त्यतिसम्म विकृतिको झल्को देखिदैँन्थ्यो। जति आज विकृत छ त्यति थिएन । विभिन्न बाजागाजाहरु प्रयोग गर्थे आनन्द लिन्थे मस्त रहन्थ्य। तर प्रायजसो दिग्गज समुहहरु बोलाएर कुनै बौदिक तथ्यमा आधारित रही शास्त्रार्थ गर्न पछि पर्दैनथे । गलत के हो ?शत्य कसरी अग्रसर हुन्छ ? समाज कहाँ छ ?व्यक्तिको लगाव के हो र कस्तो हुन्छ ? हरेक आचरणयुक्त चरित्रातमा पात्ररुपी विधेय खोज्न अग्रसर हुन्थे । राजा हरिश चन्द्र र युधिष्ठिरले सत्यताको विकास गरे । बलिराजा- कर्णले दान दिन सिकाए ।पुरुषोतम राम सबै चरित्रमा निपुण कहलिए। जसले गर्दा आजसम्म पनि संसार तिनी महान योद्धालाई पुज्य ठान्दछ ।राजा हुन वा रङ्क कसैले पनि विकृतिलाई प्रशय दिएनन् । आफ्नो लाज रूपी मर्यादाको घुम्टो सँधै ओढी रहे । यदि चाहान्थे भने जेपनि गर्न सक्थ्य किनकि कानुन उनीहरुको हातमा थियो। तर पनि आफ्नो नैतिकता भूलेनन् कृष्णले गोपिनिसित रासलिला रचाएको आरोप लाग्यो । तर वास्तामा रासलिला थिएन , त्योत नारीसँगको नृत्य थियो रे । जब जरासन्धले संपूर्ण नारीलाई बन्दक बनायो तब कृष्णले तिनि नारीहरुलाई कैदवाट छुटाए । उनीले दुखी नारीको खुसीको लागि नृत्य आयोजना गरेका थिए । युग बदलियो, परिवेश बदलियो , मानिसहरुलाई धन धान्य हुनुपर्यो वैभव नभएसम्म सामुन्नेवाला घरले पनि साँध बार्नथाले । तब मानिसहरू स्वार्थी हुँदै धन कमाउँदै अघि बढ्न थाले । त्यसपछि मनोरञ्जनमा पनि परिवर्तन आयो रोधि खेल्नेहरु डिस्को खेल्न थाले, गाउँमा हुँदा मेरो छोरी को नाम पार्वती थियो सहर जाँदा पारु भयो । बच्चालाई दुध चुसाउने आमा फिगर बिग्रिन्छ भनेर पाउडरको दुध चुसाउन थालिन् । जुन हातमा बाउले कचौरामा मोही पिउँथे, छोराले त्यहाँ हातले वियर पिउन थाले। समाज झन् झन विकृतिमा गयो ।फेरी समय परिवर्तन भयो धनाड्यहरुले एप उत्पादन गर्न थाले । गुगल, देखि इमेलसम्म, इस्टाग्राम देखि फेसबुकसम्म उत्पादन गरे यति सम्मत ठिकै छ। तर समाजमा सध्य मान्छेलाई विकृत बनाउन चाइनाले एउटा एप खोल्यो त्यो थियो ‘टिकटक’ । कयौँ देशले यसलाई आपत्ति जनाए ।दिग्गजहरुले प्रश्न उठाए । चुरोट र रक्सिमा कर बढी उठ्छ। सो भन्दा टिकटकमा झन उठ्छ भनेर राज्यनै यसलाई अगाडि बढाउन अग्रसरर भए। तर आज परिणाम बिकृतिमा सोजियो । यहाँ सम्मकि टिकटकमा कुनै मानिसले दिग्गज शब्दबोल्यो भने हजार जनाले मात्र हेर्ने,तर कुनै नरनारी ले अश्लिल बोलेका शब्दहरू मिलियनमा हेर्न थाले। यो कुरा त अश्लिल बोल्नेको भाषामा ठिक लाग्छ होला । सबैले एकचोटी मनन् गरेर सोचौँ त अनुशासन र संयमित मानिसहरु जो आफ्नो आमा बुवाको नजिक टिकटक हेरि रहेका छन् भने त्यो कति गाह्रो हुन्छ। अर्को कुरा टिकटक बनाउँदा बनाउँदै आफु मरेको थाहँ नपाउने महा अचाडी घमण्डीलाई के भन्ने ? शब्द अश्लिल होइन केहि नपायर यो शब्द राखेको हुँ । माफ गर्नु होला दिकटकले कुनै फाइदा गरेन । मात्र विकृति निम्त्यायो कसैको ज्यान लियो। अब म समाजलाई र राष्ट्रलाई प्रश्न गर्छु , आदमखोर, नरभक्षि, अश्लिल टिकटक हामीलाई आवश्यक छ कि छैन ?
मान्छु टिकटकवाट ज्ञानपनि लिन सकिएला । तर लाभ कम हानी बढी भएको टिकटक हामीलाई चाहिन्छ कि चाहिँदैन , यो प्रश्न मेरो सभ्य समाजलाई छोड़दछु ।
आजकाल सुन्दैछौँ छोरा बिग्रियो छोरी पनि ब्रिगी अब के गर्ने यो टिकटकले बर्बाद पार्यो। अरे बिरालोलाई दुध खुवाएर बाघ बनाउने पनित तपाइँ आमा बुबा नै हो, अहिले चिन्ता गर्ने पनि फेरि उनै आमा बुवा । जो ससाना नानीको हातमा कलम नथमाएर मोबाइल थमाउने, लौन बाबु टिकटक देखाउन भन्ने , परिणाम के वैज्ञानीक भएको आउला र ? मकैको गेडो रोपेपो मकैको घोगा लाग्छा ऐँजेरु रोपे मकैको घोगाको आशा मानेर हुन्छ ? रोप्ने एक वस्तु अनि फल अर्कै वस्तुको आशा गरेर हुन्छ ? यो प्रश्न तिनि आमाबुवालाई जो टिकटकले बर्बाद पारेका पिडक छोराछोरीका पिडित अभिभावक सम्म राख्दछु। यो दोश अभिभावक र छोराछोरीको मात्र नभएर टिकटक को सबैभन्दा बढी ९९% प्रतिशत रहेको छ। किनकि टिकटक भन्दा अगाडि यस्तो किसिमको अश्लिलता सामाजिक सञ्जालमा थिएन। तर अब झन् झन् टिकटकको कारण नेपाली समाज विकृत तिर अग्रसर हुँदैछ । यो टिकटक एपलाइ यहि समयमा ब्याण्ड नगर्ने हो भने वर्तमान भनौँ वा कालान्तरमा सभ्य समाज खोज्न पृथ्वीको प्रलयनै कुर्नु पर्ला जस्तो छ।
नन्दराज उपाध्याय
-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।