khabar bulletin

सुन तस्करी प्रकरणमा गृहमन्त्रीलाई संसदमा बोल्न दिन एमाले तयार

0 17

२३ साउन, कफमाडौं । सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको    प्रमुख प्रतिपक्षी नेकपा एमाले गृहम‌न्त्रीको जवाफ  सुन्न तयार भएको छ । संसदको अवरोध हटाउने बारे मंगलबार नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरु बिच  छलफल भएको थियो । बालुवाटारमा बसेको बैठकमा एमालेले सुन तस्करी अनुसन्धानको लागि उच्चस्तरीय छानविन समिति गठन गर्नु पर्ने अडान दोहोर्यायो । तर प्रधानमंत्री प्रचण्ड त्यसमा सहमत भएनन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने सीआइबीको अनुसन्धानले पुगेन भने थप छानविन गर्न प्रधानमन्त्री तयार रहेको बताए । तर अब गृहमन्त्रीको जवाफ पछि  थप निर्णय लिने एमालेले बताएको छ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.