नन्दराज उपाध्याय
२१ साउन, काठमाडौं । सुनौलो नेपाललाई विश्वका हरेक मुलुकले सुनको राज्य भनेर उपमा दिएका छन् । जसले गर्दा सुनमा सुगन्ध भएको छ। आर्य भट्टदेखि अहिलेको आधुनिक युग सम्म, नेपाल भन्योकि सुनको चिडियाखाना हो भनेर मरिहत्ते गर्ने अंग्रेज देखि चाइनिज सम्मका दिग्गजहरूले गुणगान गाएको धेरै शब्दलिपीका किताब बजारमा छ्याप छ्याप्ती पाइन्छन् । अहिलेको वर्तमान संक्रमणकालिन अवस्था यो उपमा शान्दर्भिक छ वा अशान्दर्भिक छ ? शान्दर्भिक छ भने त हामी नेपालीलाई गौरव लाग्दो हो ।यदि सान्दर्भिक छैन भने हामी खिन्न किन हुन्छौ ? हुन पनि एक पक्षिय सहमति हुँदा शान्दर्भिक लाग्ने भुबनोट नै सुनौलो उपमा छ । त्यसैलेत विदेशीले नेपाललाई भुराजनीति चपेटामा पार्न खोजेका छन् । त्यिनै विदेशी पाहुनाले नेपालमा सुन फल्छ भन्छन्। हामी आत्मुग्ध भएर रमाउँछौँ ,अनि सोच्दा सोच्दै आफ्नो राष्ट्र डलरमा साटिएको पत्तै पाउँदैनौं । हामी त यो दुनियाँ देखि अर्को दुनियाँ सम्म पुग्ने केबुलकारको कल्पना गर्छौं, किनकि हाम्रा अग्रज नेताहको सिंगापुर र स्विटरजरल्यान्ड मोडेलको सपना देखाउँछन् त्यसमा लठियर आफ्नो सुनौलो सम्प्रभुतामा लेनदेन भएको हेक्का राख्दैनौँ । तर जब बिउजिन्छौँ विपनामा , तब देख्छौँ सामाजिक सन्जाल र पत्रपत्रिकामा पश्चिमाको चपेटामा पय्रो नेपाल। त्यसको साटो जनताको हातमा शून्य र राजनितीक दलको खोल ओढेका माफियाहरूको सुन पाय, हामीले न गुन पायौँ, न स्वाधिनता पायौँ । तर माफियाहरूले सुन पाए। यही स्वाधिन्ताको साटेको त्यहि सुन ‘नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलवाट छिराएर सिनामङ्गल पुयाउँछन् ।
करिब १०० किलो सुन बरामद भएको घटना हो यो । श्रावण मास ३ गतेको अप्रत्यासिलो घटना सायद नेपालको पहिलो ठूलो सुनकाण्ड हो । घटना सबैलाई जगजाहेरै छ । तर अचम्म के छ भने निरह नागरिकको एक लाल सुनको नुथुनी देख्ने भन्सार विमानस्थानको स्क्यानरले समेत १०० किलो सुन देख्दैन । तर हरेक नाटक मञ्चन गरिन्छ, सुराकीको साहयताले सरकारले सुन समात्यो ।
‘कतै शंकाको घेरामा राख्दा हजारौँ किलो सुन लुकाउन १०० किलोको टेलर देखाइएको त होइन ? यदि शय किलोमात्र हो भने राजस्व अनसन्धान विभागको स्क्यानरले किन देखाएन ? यो नागरिकको अमुक प्रश्न हो । जसले शंकाको दृष्टिकोण राख्दछ ।
सुनकाण्ड हाम्रा अग्रज नेताको भाषामा संसारकै उत्कृष्ट कानुनी राज्यमा भएको छ । सो घटना छर्लङ्ग भइसक्यो। हामी नागरिकले पनि पत्यायौँ । हुनपनि सरकारले सुन समात्यो । तर हामीले त्यो जान्ने कोशिस गरेनौँ, सरकारले कसरी समात्यो, कहाँ समात्यो र कसलाई ससात्यो ?
यिँ तिनवटा आश्चार्यजनक प्रश्तहरूलाई यहाँ मुख्य रुपमा परष्कृत गरेको छु । किनकि अर्थमन्त्रि प्रकाश शरण महतको गैह्र जिम्वार भूमिकाको झल्को यिं प्रश्नहरूले देखाउँछ।
१) पहिलो प्रश्न
सरकारले कहाँ समात्यो ?
यो प्रश्नभन्दा प्रथमत: वं राजस्व अनुसन्धान विभागको भूमिका बारे यो आलेखमा प्रस्ट पार्छु ।
राजस्व अनुसन्धान विभाग अर्थमत्रालय भित्रको मुख्य विभाग हो। जसको साखा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि छ । तर अचम्म यो विभागको विमानस्थलमा राखिएको चेकिङ स्क्यानरने समेत यत्रो परिमाणको सुन देख्दैन । त्यो सुनअर्थमन्त्रि ज्युको भाषा सापटी लिएर भन्नुपर्दा विशेष सुराकि तैनाथ गरेर सिनामङ्गलवाट प्रक्रियो। यस्तो केटाकेटी पनका कुरा एक राष्ट्रको उच्च दर्जाको पदिय व्यक्तिले भन्न कतिको सुहाउँछ ? फेरि डाडु पुनिउँ जसको हातमा छ उसैले यो किसिमको निरह नाटक गर्न के सुहाउला र ? अर्थमन्त्री ज्यु यो प्रश्न आलोचनात्मक चेत लाई केन्द्रित गरी तपाइलाई ध्यानआकर्षण गराउँछु । यदि कुनै नागरिकले वैधानिक तरिकाले नियमपूर्वक ५ लाल सुन विदेशवाट ल्याएपनि विना सुराकिको विमानस्थलमा रहेको तपाइको स्क्यानरले कसरी पत्ता लगाउँछ ? त्यही सुनको विषयलाई लिएर नागरिकलाई आरोपित बनाई दुःख दिइन्छ अनि सो सुन किन लुटिन्छ ?
२) कसरी समात्यो ?
त्यो त माथिलते प्रश्नमा व्यक्त गरेपनि कि तपाईं जान्नुहोस अर्थमन्त्रज्यु कि तपाईँकोमा स्वामित्वमा रहेका राजस्व अनुशन्धान विभागका सुराकि जानुन ? आखिर किन चाहियो अर्थ मन्त्री ज्यु जो ठूला ठूला माफियालाई सहज बनाउने पक्षपाति स्क्यानर मेशिनर ? यो किसिमको हर्कत कानुनी राज्यमा दण्डनिय हुन्छ
३) अन्तिम र महत्वपूर्ण प्रश्न कसलाई समातियो ?
म एउटा सानो कथा यस प्रश्नसँग मेल खाने भएकाले वर्णन गर्दछु । एका देशका राजा का छोरा अँगुलीमाल भयङ्कर डॉका थिए। आफ्नै राज्यका नागरिकलाई यातना दिने, मार्ने र उनीहरुक अौँला काटेर माला लगाउने त्यस डाँकाको दैनिकु कार्य नै थियो। एक दिन त्रसित नागरिक आजित भएर उनै राजाका सामुन्ने गए र आफ्ना व्यथा भने, हे महाराज हजुरका पुत्र अंगुलीमालले हामीलाई यो राज्यमा बस्न योग्य गरेनन्। दैनिक हामी नागरिका परिवारलाई हत्या गर्छन, यातना दिन्छन। लौन हजुरका पुत्रलाई किन जेल हाल्नुपय्रो ,कित फाँसी दिनुपय्रो ? नागरिकका कुराले राजालाई आफ्नो छोराप्रति लेस मात्रमा रिश उठेन बरु उल्टै हप्काएर पठाए । तिमीहरू मेरो छोरालाई नचाहिँदो अहितकर आरोप लगाउँदै छौ एसको परिणाम के हुन्छ थाहाँ छ ? एक त मैले हत्या गरेको देखेकै छैन, दोस्रो कुरा हत्या भएको हो कि होइन त्यिँ हत्या भएका मानिसलाई मेरो अगाडि लेउन म सोध्छु । होइन भने अनाआवश्यक मेरो छोरालाई आरोप लगाउन मिल्छ र ? बरु तिमी- हरुलाई फाँसी दिन्छु , किनकि आफ्नो राजकुमारलाई झूटो आरोप लगायौ। राजाको हप्काइले बिचरा नगरवासी राज्यको कानुनमै विभेद छ भन्दै कुलेलाम ठोके ।
हो त्यस्तै सुनकाण्डमा हाम्रा न्याय प्रणालीले राजनितीक दलसँग साँठगाँठा गरेका माफियालाई नसमाति एक भन्सार एजेन्ट र ट्याक्सी -चालकलाई समातियो। आखिर किन ठूला अंगुलीमार र हामी नागरिकलाई कानुनी राज्यमा विभेद गरिएको छ । यहाँ मैले भरिया र चालकको बचाउ गर्न खोजेको होइन । हो अपराध गरेका छन् भने चालक, , भरिया पनि जेल जानु पर्छ । तर सुनकाण्डमा ठूलाठूला राज्य नेतादेखि कर्मचारी सम्मको मिलमतोलाइ नजरअन्दाज गरि मात्र चालक र भरिया दोशी ठहर भए। यहाँ नेतारुपी राजाले आफ्नो छोरा अंगुलीमार र कम दोशी नागरिकमा तुलना गर्दा आफ्नो पुत्रलाई निर्दोश कसरी देखे ? हाम्रा नेताको भाषामा संसारकै उत्कृष्ट कानूनी राज्यमा यो घटना घटेको छ । कहिलेकाहीँ हामी नागरिक पनि पत्याउँछौं । हुनपनि हामी नागरिकको बुझाई पनि त्यही हुन्छ, जो हाम्रा राजनीतिक दलले साँच्चै हामीलाई यथार्थ भनिरहेका छन्। चौथो पुस्ताको सुधारिएको र सर्वोउत्कृष्ट कानूनी राज्यमा कानूनकै संरक्षणमा छौ । यथार्थको गहिराईमा जाने हो भने, किन हाम्रो परिकल्पनाको कानूनी समाजवाद र नेतृत्वको व्यवाहरत कानूनी समाजवाद बिलकुल भिन्न छ ? त्यसो हो भने, हामी नागरिकको बलिदानीले कहिले कसको लागि सर्वोउत्कृष्ट कानूनी समाजवाद बनाउन सरकारलाई समर्थन गरेका हौँ ? यो अमुक प्रश्न तिन करोड नागरिकका तर्फवाट म हाम्रा प्रधानमन्त्री ज्यू ताई सोध्न चाहान्छु । हो दोशीलाई कार्बाही हुनपर्छ म मान्छु । तर दलमा आवद्ध माफीयाकरण गर्नेलाई किन कार्ावही छैन वा त्यो सुनकाण्ड जस्तो घटना मूल जरासम्म नपुग्नाको कारण के हो ? अब उच्च नेतृत्वले एसको जवाफ दिन पुन चुनैति सहितको प्रश्न गर्न चाहान्छु ।
-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।