khabar bulletin

अर्थ सचिव र प्रहरी प्रमुखमाथि रवि लामिछानेले उठाए प्रश्न

0 26

२४ साउन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पाटीले  संसदमा बोल्न नपाएकोमा फरक शैलीमा विरोध गरेको छ।

नेकपा एमालेका सांसददहरुको नाराबाजीका कारण बुधबार पनि संसद अवरुद्ध भएपछि रास्वपका सांसदहरूले   संसद भवन परिसरबाटै ‘संसदभित्र जसरी  सभामुखलाई सम्बोधन गरेर आफ्नो  धारणा राखे। संसदभित्र राख्न नपाइने  हुनाले संसद भवनलाइ साक्षी राखेर सभामुखलाई आफ्ना कुराहरु राख्न चाहन्छु रास्वपा  सभापति रवि लामिछानेले सञ्चारकर्मी संग भने , उनले मंगलवार को सदनमा गृहमन्त्रीले  दिएको जवाफ माथि केही प्रश्न  उठाएका छन् । गृहमन्त्रीले  ३५दिन समय मागेको भन्दै उनले यसलाई अन्यथा भन्न नमिल्ने बताए । तर कुन कानून टेकेर राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धान (सिआइबी) मा पठाएको भनेर प्रश्न गरे । उच्च तहको संलग्नता बिना यति ठूलो  सुन तस्करी हुन नसक्ने भन्दै लामिछानेले अगाडि भने । मन्त्रालयमा कसको संलग्नता छ म भन्न सक्दिन, तर यति ठूलो तस्करीमा उच्च भन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन। यसकारण अनुसन्धान हुँदा चाहे  अर्थ महत्रालयका सचिव हुन , चाहे प्रहरी प्रमुख नै किन नहुन, उहाँहरुको संलग्नता छैकि छैन भन्ने शंकाको विषय भयो ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.