khabar bulletin

आखिरमा अक्षयले प्राप्त गरे भारतीय नागरिकता

0 36

३ भाद्र काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता लिएका छन् । यसअघि क्यानडाको नागरिकता लिएका अक्षयले त्यसलाई परित्याग गर्दै भारतको नागरिकता पुनः कायम गरेका हुन् । योसँगै उनले भारतको पासपोर्ट पनि प्राप्त गरेका छन् ।७७ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत अक्षयले आफूलाई भारतको नागरिकता प्राप्त भएको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘दिल र सिटिजनसिप दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना ।’

भारतीय सञ्चारमाध्यमका अनुसार अक्षयले लामो समयदेखि भारतीय नागरिकता प्राप्तिका लागि कोसिस गरिरहेका थिए, किनकि उनीसँग भारतको नागरिकता थिएन । जसकारण अक्षयले थुप्रै आलोचना खेप्दै आउनु परेको थियो । सामाजिक सञ्जालमा उनी ‘क्यानडा कुमार’ भन्दै ट्रोलसमेत भएका थिए । उनले यस विषयमा धेरैपटक स्पष्टीकरण समेत दिनु परेको थियो ।उनले सन् १९९० देखि २००० को बीचमा आफ्ना एकपछि अर्को १५ फिल्म फ्लप हुँदा क्यानडामा काम गर्न गएका थिए । त्यहाँ उनका साथीले त्यतैको नागरिकता लिएमा काम गर्न सजिलो हुने भएपछि लिएको अक्षयले बताएका थिए ।

अक्षय कुमार स्टारर फिल्म ‘ओह माइ गड २’ अहिले सिनेमा हलमा प्रदर्शन भइरहेको छ । दर्शक र समीक्षकहरुबाट सकारात्मक प्रतिक्रिया पाएको यो फिल्मले बक्स अफिसमा पनि बिस्तारै आफ्नो कमाइको गति बढाइरहेको छन्। र उनले भारत माहान पनि भनेका छन्

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

 

Leave A Reply

Your email address will not be published.