khabar bulletin

आफ्नो मतदाता परिचयपत्र अनलाइनमा यसरी हेर्नुहोस्

0 51

काठमाण्डौं/ सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ । निर्वाचन आयोगले २०७९, वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली प्रकाशित गरेको छ । यसअन्तर्गत स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।

यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन हेर्न सक्नुहुन्छ । यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ । मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो लिंकमा गएर तपाईंले आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिनेछ । तपाईंले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितकाे मतदाता परिचयपत्र देखिनेछ ।

Leave A Reply

Your email address will not be published.