khabar bulletin

उपसभामुख द्वारा असन्तुष्टि

0 2

काठमाडौं– राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथग्रहण समारोहमा नबोलाएपछि प्रतिनिधिसभाको उपसभामुख इन्दिरा रानामगरले असन्तुष्टि जनाएकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे शीतल निवासमा श्रेष्ठलाई शपथग्रहण गराउने कार्यक्रम छ । यसअघिका शपथहरुमा राष्ट्रपति कार्यालयले उपसभामुखलाई बोलाउने प्रचलन थियो ।

‘यसपटक चिठी आएको छैन, सिंहदरबारस्थित कार्यकक्षमा रहेकी उनले भनिन्, मन्त्रीहरुको शपथमा समेत औपचारिकरुपमा बोलाइन्थ्यो । यसपटक भने प्रधानन्यायाधीशको शपथ कार्यक्रममा चिठी आएन, बोलाए भने जाने हो। नबोलाइत किन जानु ।
उपसभामुख संवैधानिक परिषद्को सदस्यसमेत हुन् । उपसभामुख लाइ सम्मान चाहिएकै हो त?

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.