khabar bulletin

उप प्रमुख माथि कडा कारबाही

0 12

भदौ १० रुकुम।कर्मचारीहरुले हातपात गर्ने उपप्रमुखमाथि कडा कारवाही गर्नुपर्ने माग राखेका छन् । त्यस्तै प्रमुख प्रशासकिय अधिकृतले कर्मचारीको बैठक बसाल्नुपर्ने, कर्मचारीहरुलाई भरपर्दो शान्ति सुरक्षाको वातावरण मिलाउनुपर्ने, नगरपालिकामा कार्यरत कर्मचारीको गल्ती भए कानुन बमोजिम कारबाहि गर्नुपर्ने माग नगरप्रमुख समक्ष राखेका
छन् ।

कानूनको कार्यान्वयनमा जनप्रतिनिधिहरू पन्छिएर कर्मचारीहरुलाई दोष लगाउने कार्यको अन्त्य हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीहरूले एक अर्काको भूमिका र काममा हस्तक्षेप गर्न नपाउने र उच्च स्तरिय न्यायिक छानबिन समिति गठन गरिनुपर्ने उनीहरुको माग छ ।

अहिले कर्मचारीहरुले मूल गेटमै ताला लगाएर धर्ना दिएका छन् । मूल गेटमै ताला लगाएपछि नगरपालिका सबै सेवा ठप्प भएका छन्

उपमेयरले कर्मचारीमाथि हातपात गरेको भन्दै रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ताला लगाइएको छ ।नगरपालिका उप-प्रमुख बिमलकुमार पुनले पालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीमाथि हातपात तथा दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरुले आइतवार तालाबन्दी गरेका हुन् ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.