khabar bulletin

एक जना पक्राउ

0 13

१४ भाद्र काठमाडौँ।
कैलालीबाट चार लाख ७४ हजार पाँच सय भारुसहित एक जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा भारु र लागूऔषधसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीले उनीसँग सुर्तीको खोलमा दुई ग्राम एक सय ९० मिलिग्राम लागुऔषध र चार लाख ७४ हजार पाँच सय भारतीय मुद्रासहित पक्रउ गरेको हो ।

उनले पंखाको काटुनमा भारतीय मुद्रा राखेका थिए । भारतीय मुद्राको श्रोत नखुलेकाले बरामद गरिएको हो ।
उनी इलाका प्रहरी कार्यालय मालाखेताको
नियन्त्रणमा छन्। घटनाको विषयमा थप अनुसन्धान भैरहेको छ।

Leave A Reply

Your email address will not be published.