khabar bulletin

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

0 13

१२ साउन, काठमाडौ । सुन तस्करीको बारेमा छानविन गर्न उच्च स्तरिय समिति गठनको माग गर्दै एमालेले राष्ट्रियसभा बैठक स्थगित गर्न बाध्य पारेकाे छ।

बैठक सुरु भए लगतै एमाले सांसद हरुले उठेर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल थापालाई बोल्न समय  दिए। उनले आफुहरुले चाहेर नभइ बाध्यताले संसद अवरोध गर्न परेको बताइन। उनले थपिन सुन तस्करीमा माओवादी नेता कृष्ण बहादुर महरा र उनका छोरा राहुलको पनि संलग्नता रहेको प्रमाणसहितको ‘प्रतिवेदन सीआइबीले तयार पारेको तर सरकारले जोगाइ राखेको उनले आरोप लगाइन । उनले बोलेपछि  रामाले सांसदहरूले उठेर विरोध जारी राखेपय अध्यक्षले साउन २४ गते बुधबार दिलको ०१:०१ सम्मका लागि स्थगित गरे

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.