khabar bulletin

कुन समूहमा कुन टिम ? कतार विश्वकपको ड्र

0 48

काठमाण्डौं/ कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्र को दोस्रो र तेस्रो राउन्डमा चार पोटमा रहेका टोलीहरूलाई आठ समूहमा विभाजन गरिएको छ । चार पोटहरुको विभाजन गरिँदा अर्जेन्टिना रहेको समूहमा मेक्सिको, साउदी अरेबिया र पोल्याण्ड परेका छन् ।

त्यस्तै ब्राजिल रहेको समूहमा स्वीटजरल्यान्ड, सर्बिया र क्यामरुन परेका छन् ।
आयोजक कतार समूहको समूह ‘ए’मा नेदरल्यान्ड, सेनेगल र इक्वेडर रहेका छन् ।

कुन समूहमा कुन टिम ?  

समूह ‘ए’ : कतार, नेदरल्यान्ड, सेनेगल र इक्वेडर

समूह ‘बी’ : इङ्ल्यान्ड, अमेरिका, इरान र युइएफएका प्लेअफ

समूह ‘सी’ : अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया

समूह ‘डी’ : फ्रान्स, डेनमार्क, टुनिसिया, अन्तरमहादेशीय छनोटबाट आएको टोली

समूह ‘ई’ : स्पेन, जर्मनी, जापान, अन्तरमहादेशीय छनोटबाट आएको टोली

समूह ‘एफ’ : बेल्जियम, क्रोएसिया, मोरक्को र क्यानडा

समूह ‘जी’ : ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया र क्यामरुन

समूह ‘एच’ : पोर्चुगल , उरुग्वे, कोरिया र घाना

Leave A Reply

Your email address will not be published.