khabar bulletin

कृष्ण बहादुर माथिको मुद्धा अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

0 45

३० साउन काठमाण्डौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन प्रकरणमा जोडिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अभियोजन अघि बढ्ने बताएका छन् । महरा र उनका छोराको कनेक्सन देखिँदा पनि प्रहरीले उनीहरुलाई सामान्य सोधपुछसमेत गरेको छैन ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा महराका बाबुछोराको पटक-पटक फोन सम्पर्क भएको देखिएको छ । प्रहरीको प्रतिवेदनमा उक्त  कुरा उल्लेख भए पनि महरालाई मुद्दा चलाइएन । यो विषय बाहिर सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालमाथि व्यापक दबाब छ ।अनन्तको विषयमा कुरा उठेपछि उहाँले प्रस्ट पार्नुभयो । महराजीलाई पनि प्रस्ट पार्नु भनिएको छ,’ बालुवाटारमा पत्रकारहरुसँग दाहालले भने, ‘सायद अब अभियोजन पनि अघि बढ्छ ।’ उनले यो विषयमा गृहमन्त्रीसहित आईसँग पनि आफूले सोधेको जानकारी दिए ।प्रतिवेदनमा महराको नाम कसरी आयो र नाम आएपछि किन अभियोजन गरिएन भनेर प्रहरीलाई आफूले सोधेको उल्लेख गर्दै दाहालले यो विषयलाई अनुसन्धानमा अघि नबढाउने हो भने अहिले गरेका अरु सबै कामको पनि अर्थ नहुने जस्तो देखिएको बताए ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.