khabar bulletin

केशव स्थापित र प्रमोद यादवलाइ एमालेले केन्द्रीय सदस्य बाट बिदाइ गर्यो

0 54

एमालेले काठमाडौं महानगरपालिकामा पूर्वमेयर केशव स्थापित र प्रमोद यादवलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले स्थापित र यादवले सोमबार बसेको सचिवालय बैठकले बिदा गरेको बताए । स्थापित र यादवको स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनीत गरेको छ । ‘केशव स्थापितले केन्द्रीय कमिटीबाट हट्न चाहनुभयो । प्रमोदनारायण यादवलाई पनि बिदा गरिएको छ’ गौतमले भने, ‘उहाँहरूको स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय कमिटीमा ल्याइएको छ । न्यौपाने एकीकृत समाजवादीबाट र लामा माओवादीबाट एमालेमा आएका हुन् ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.