khabar bulletin

घुस सहित पक्राउ

0 37

३२साउन ५ लाख घुससहित गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर सहित दुई जना पक्राऊ परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालतका लेखापालसहित दुई जनालाई अख्तियारले आज बिहान राजविराजबाट घुससहित पक्राउ गरेको छ । इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई घुससहित पक्राउ परेको हो ।

लेखापाल यादव विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालत गरी दुवै कार्यालयका लेखापाल हुन् । इटहरीस्थित अख्तियारका प्रवक्ता निरज देवले लेखापाल र कम्प्युटर अपरेटर पक्राउ परेको जनाए । उनका अनुसार उपभोक्ता समितिबाट २ लाख नगद र ३ लाखको चेक लिंदै गर्दा दुवैजना समातिएका हुन् ।

घटनास्थलको मुचुल्का गरी पक्राउ परेकाहरुमाथि कानुनी कारबाही अगाडि बढाइएको प्रवक्ता देवले जानकारी दिए ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.