khabar bulletin

चितवनमा एकजना पक्राउ

0 38

भदौ १ ,काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एकजना एमबीबीएस पढ्दै गरेका विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नमिस अख्तर रहेको सीआईबीले जनाएको छ । उनलाई गएराति चितवनबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार अख्तरले आईएस्सीको प्रमाणपत्र किर्ते गरेको खुलेको छ । उनी चितवनको मेडिकल कलेजमा पढ्दै गरेका विद्यार्थी हुन् ।

सीआईबीले २५ साउनदेखि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढ्नेविरुद्ध अपरेसन नै चलाएर पक्राउ गर्न थालेको हालसम्म सातजना पक्राउ परेका छन् ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.