khabar bulletin

चौविस क्यारेटको सुन

0 17

३ भाद्र काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाहिरबाट बरामद भएको तस्करीको सुनको गुणस्तर २४ क्यारेट नै रहेको पुष्टि भएको छ । राष्ट्र बैंकको टक्सार विभागले गरेको गुणस्तर परीक्षणमा छापावाल सुन २४ क्यारेटको रहेको देखिएको हो ।

स्कुटरको ‘ब्रेक सु’मा लुकाएर आयात गरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त सुन २९ साउनमा टक्सार विभागले गालेको थियो । त्यसपछि टोली सुन गाल्ने ठाउँमा पुगेको थियो।

१५५ किलो कुल तौलको ‘ब्रेक सुरसहितको सुन छुट्याएर गाल्दा ६० किलो ७६१ ग्राम निस्किएको थियो । ‘सोही सुनको टच जाँच गर्दा गुणस्तर पत्ता लागेको हो,’ टक्सार विभाग स्रोतले भन्यो, ‘उक्त सुन ९९.९९ प्रतिशत प्रतिशतको उच्च गुणस्तरको रहेको पाइयो ।

उक्त सुनलाई अब राष्ट्र बैंकले सरकारसँग सल्लाह गरेर अन्तर्राष्ट्रिय मूल्यमा ५ प्रतिशत रकम थप गरेर खरिद गर्ने विभागले जनाएको छ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.