khabar bulletin

जुम्लामा जिप दुर्घटनाग्रस्त

0 20

१७ जुम्ला।जुम्लाको कनकासुन्दरी गाउँ पालिका वडा नम्बर ४ स्थित छलपुनेरा भन्ने ठाउँमा आइतबार विहान ६स् ४५ बजे तिर जिप दुर्घटना हुँदा दुई जनाका मृत्यु भएको छ ।

कर्णाली राजमार्गको नाग्म गमगडी सड़क खण्डको गोटिज्युलाबाट मुगु जाँदै गरेको जिप छलपुनेरा भन्ने स्थानमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय हाड सिजाले बताउनु भयो ।

गोटिज्युला देखि मुगु जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा लगभग ३ सय मिटर तल खसेको छ ।

दुर्घटना परि चालक र सहचालक दुबै जनाको घटना स्थलमै ज्यान गएको र मृतक दुबै जनाको सनाखत हुन नसकेको प्रहरीको भनाई छ ।

उक्त जिपमा सवार दुईजना मात्र रहेको र दुबै जनाको सनाखत हुनको लागि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरीको टोल मृतकका आफन्त आएमा नाम र ठेगाना थाहा हुने बताइएको छ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.