khabar bulletin

नापी विभागमा कालो कर्तुत

0 25

नापी विभागको वेवसाइटमा गएर हेर्नुभयो भने ६ दिनको अन्तरालमा एउटै व्यहोराका २ वटा सूचना देख्नुहुनेछ । सूचनामा भनिएको छ- यस विभाग तथा अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारीहरुले अनलाइन सरुवा निवेदन २० भदौ २०८० भित्र विभागको वेवसाइटमार्फत पेश गर्नुहुन अनुरोध छ ।

गत ५ र १० भदौमा प्रेषित यो सूचनाअनुसार नापी विभागमा हुने सरुवा अनलाइन प्रणालीबाट पारदर्शी रुपमा हुने अनुमान लगाउनु नौलो होइन । तर पारदर्शिताको नाममा अनलाइन सरुवाको निवेदन को नापी विभागमा सरुवाका लागि लिएर लाखौँ रुपैयाँको बार्गेनिङ हुने गरको भेटिएको छ ।

विभागका महानिर्देशक जनकराज जोशीले काठमाडौँ उपत्यकाका नापी कार्यालयहरुमा सरुवा गराइदिने भन्दै जिल्ला नापी कार्यालयका प्रमुख तथा कर्मचारीहरुसँग मोटो रकम माग गरेको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन् ।

उनले विभागीय ९भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय० मन्त्री रञ्जिता चौधरीलाई समेत सहयोग गर्नुपर्ने भन्दै सरुवाका लागि रकम मागेको भन्दै नापी कार्यालयका कर्मचारीहरुले अख्तियारदेखि विभागीय मन्त्रालयसम्ममा उजुरी गरेका छन् ।

विभागले आगामी असोजमा दुईवर्ष अवधि पुगेका कर्मचारीको सरुवा गर्ने भनेको भदौसम्म निवेदन दिन भनेपछि आर्थिक चलखेल सुरु भएको हो । यतिसम्म की

विभागले आगामी असोजमा दुईवर्ष अवधि पुगेका कर्मचारीको सरुवा गर्ने भन्दै २० भदौसम्म निवेदन दिन भनेपछि आर्थिक चलखेल सुरु भएको हो । यतिसम्म की जोशीलाई आर्थिक प्रभावमा पारेर जिल्ला नापी कार्यालय भक्तपुरमा कार्यरत केही कर्मचारीहरुलाई २ वर्ष बितिसक्दा पनि सरुवा नगरिएको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।

नापी कार्यालय भक्तपुरका प्रमुख रामकुमार सापकोटासँगको मिलेमतोमा अवधि नाघेका कर्मचारीलाई समेत सरुवा नगरेको तर उपत्यका बाहिर र उपत्यकाकै नापी कार्यालय र शाखाका कर्मचारसिंग भने आकर्षक ठाउँमा सरुवा गरिदिने भन्दै पैसा मागेको लि र मौखिक गुनासो मन्त्रालयसम्म आइपुगेको भूमि व्यवस्था मन्त्रालयका एक उच्च पदस्थ भूमि व्यवस्था मन्त्रालयका एक उच्च पदस्थ अधिकारीले जानकारी दिए ।

सरकारले २०६९ पुसमा सहसचिव जोशीलाई नापी विभागको महानिर्देशकको जिम्मेवारी दिएको थियो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागको तत्कालीन महानिर्देशक प्रकाश जोशीलाई मन्त्रालयमा तानेर सो ठाउँमा जनकराज जोशीलाई खटाएपछि उनले सरुवादेखि तालिमसम्मका नाममा रकम असुल्ने गरेको कर्मचारीहरुको गुनासो छ ।

‘भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा हुँदापनि उहाँले सेवाकालीन तालिमका नाममा फर्जी बिल बनाएर भ्रष्टाचार गर्नुभएको थियो, अहिले हामीलाई सरुवा हुन ठूलो पैसा कहने बताइरहनु भएको छ,’ उपत्यकाको एक नापी कार्यालयका प्रमखले गनासो गरे ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.