khabar bulletin

नेपाल टेलिकमको अफर ६९ रुपैयाँमा अनलिमिटेड डेटा

0 51

काठमाण्डौं/ नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु (होली) अफर ल्याएको छ । यो अफर भोलि अर्थात् चैत ३ देखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । यस अन्तर्गत रु. ६९ मा १ एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डेटा तीन दिन र रु. २९४ मा २० जीबी डेटा १० दिनका लागि उपलब्ध हुनेछ ।

*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ । फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने जनाइएकाे छ ।

Leave A Reply

Your email address will not be published.