khabar bulletin

नेविसंघका असन्तुष्ट पक्षले शेरबहादुर देउवाको घर घेर्ने

0 20

२६ साउन, काठमाडौ । नेपाल विद्यार्थी संघको केन्द्रिय समिति विस्तार भएसगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिए‌का छन्।

नेविसंघमा नेताका भतिजा ,साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट्र विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी पनि गरेका छन् । समानान्तर समिति बनाउनको लागि बुधबार कांग्रसका पार्टी कार्यालयमा गए पनि, प्रहरी परिचालन गरेर जान नदिएपछि आक्रोशित उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने तयारी गरेका छन् ।

नेविसंघका नेता योगेन्द्र रावले भने, ‘पार्टी कार्यलयमा जान हामीलाई नदिए पछि त कुनै नेताको घरमा गएर कमिटि बनाउनु पर्ने हुन्छ। भोलि शेरबहादुर दाइको घर घेर्न जान्छौँ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.