khabar bulletin

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय दलका नेताबिच छलफल

0 19

३भदौ काठमाडौँ।  गहन विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका मान्यता प्राप्त दलका शीर्ष नेताहरुबीच को छलफल सुरू भएको छ । प्रधानमन्त्रीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय शिहं‌दरवारमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा मुलुकमा देखापरेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीलाई आमन्त्रण गरिएको छ ।
संसद्को अवरोध खुलाउन प्रधानमन्त्रीले पहल गर्दै आएका छन् । गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बाँजो  आएको  छ। सोही कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । सोही विषयमा उच्चस्तरीय छानविन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ। सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानविन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानविन गर्ने बताउँदै आएका छन् ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.