khabar bulletin

बलात्कार आरोपमा अधिवक्ता केसी पक्राउ

0 23

बलात्कारको मुद्दामा अधिवक्ता भोजबहादुर केसी पक्राउ परेका छन् । एक ४८ वर्षीय महिलाको जाहेरीका आधारमा अधिवक्ता केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त थानकोटमा परेको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भए लगत्तै केसीलाई पक्राउ गर्न निजको घरमा पुगेको प्रहरीलाई चक्मा दिँदै केसी भने अस्पतालमा भर्ना भएका छन् ।

केसीलाई पक्राउ गरी प्रहरी वृत्तमा ल्याउन लाग्दा मुटुमा समस्या आएको भन्दै ई मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा भर्ना गरिएको छ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.