khabar bulletin

बाँकेमा तिनजनाको मृत्यू

0 3

नेपालगञ्ज, ११ भदौ  बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा फेला परेका, मोटरसाइकल दुर्घटना र सर्पले टोकेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको जानकी गाउँपालिका-५ स्थित रामगाउँको नालामा डुबेको अवस्थामा आज एकजना मृत अवस्थामा फेला परेका छन् ।

दुई दिनदेखि घरबाट सम्पर्कविहीन भएका जानकी गाउँपालिका ४ निवासी ३५ वर्षीय शिवकुमार बर्मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको

छ।

नेपालगन्ज उपमहानगरपालिका -१८ को भित्री गल्लीमा तीव्रगतिमा रहेको मोटरसाइकल छाडा पशु चौपायासँग ठोक्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजापुरका ३६ वर्षीय प्रदीप थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए ।

प्रहरीका अनुसार लु ८२ प ६४६८ नं को मोटरसाइकल अनियन्त्रित हुँदा छाडा चौपायासँग ठोक्किएको थियो । उनको गएराति उपचारको क्रममा मृत्यु भएको

बताइएको छ ।

साथै सर्पले टोकेर उपचारका क्रममा रहेका एक जनाको मृत्यु भएको छ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.