khabar bulletin

बाल सुधार केन्द्रमा गोली चल्यो ।

0 11

४भदौ काठमाडौँ।भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२, सानोथिमिस्थित बाल सुधार गृहमा गोली चलेको छ । सोमबार सुधार गृहमा भएका बन्दीहरूले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन् ।

घाइते बन्दीमध्ये एक जना गम्भीर घाइते भएको जनाइएको छ । दुई जनाको स्थिति सामान्य भएको जनाइएको छ । घाइतेहरूको नागरिक अस्पतालमा उपचार भइरहेको छ।

रामछाप मन्थला नगरपालिका ३ कठजारका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

सोही क्रममा सुधार गृहभित्रका बन्दीहरूले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए । यस क्रममा भित्रका बन्दीहरू सुधार गृहको कम्पाउण्डको मुलढोका फोडेर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । बन्दीहरूले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुरु गरेका थिए । उनले प्रहरीलाई एसओएस स्कुलसम्म लखटेका थिए ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.