khabar bulletin

ब्लड क्यान्सरले आहात लालकौँरालाई सहयोग गर्न म नन्दराजको अपिल

0 139

विगत एकवर्षदेखि जिवन र मृत्युको दोसाँधमा ललितपुरको पाटन अस्पतालमा छट्‌पटाइ रहेकि लालकौराँ नाथ योगीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रँदै गए‌को छ । बिरलैलाई हुने ब्लड क्यान्सर रोग लालकौँरालाई भयो । उपचार गर्दा गर्दा परिवारको आर्थिक स्थिति बिग्रँदै  वा कमहुँदै गएपछि परिवारले अहिले सबैसँग सह‌योगको याचना गरिरहेका छन् ।

जुम्ला जिल्लाको तिला  गाउपालिका वडानं ४  रावतबाडामा जन्मेकी लालकौँराले  सबैको भलो चिताइन् । कसैसँग तितोपिरो गरिनन् । तर उनै मिजासिली स्वभावको लालकौँरालाइ आज ब्लड क्यान्सले तितो कष्ट  दिइरहेको छ ।

हो म मान्छु जीवनपछि मृत्यु  अवश्य शाश्वत सत्य हो । तर उमेर भएका नर नारीले बाँच्न पाउनु   जीवनको अधिकार हो। लालकौराँले पनि बाँच्न पाउनुपर्छ । यो मेरो ध्येय मात्र  होइन सम्पूर्ण नेपाली जनको ध्येय हुनुपर्छ । म  सम्पुर्ण नेपालीहरुलाइ अनुरोध गर्न चाहान्छु ।  विशेषगरी जुम्लीवासीलाई तिन गिलास चिया छोड्दिनुहोस्   केबल एक दिनको, एक दिन को खाजा छुटाइदिनुहोस तपाइको एकदिनको जिवनमा कुनै फरक नपर्ला ? तर जिवन जिउन आशा गरेकि लाल कौँरालाई त्यही तपाइँले गरेको एक दिनको भोको त्यागरूपी अमृतमय सहयोगले नयाँ जिवन प्रदान गर्नेछ । र तपाइलाई जिन्दगीभर लालकौँराको   जिवन बचाएको आशिर्वादले खुसी तुल्याउने छ। तपाइको आत्माले भन्ने छ ।मैले कसैको जिवन बचाएको  हुँ मेरो सहयोगी हृदयलाई धन्यवाद । कुनै भेदभाव र विभेद नगरी आर्थिक सहयोग सकेसम्म गर्नुहोस्  यो मेरो अपील हो । यो मानवताको सहयोग हो। एसमा फरक पार्टी, फरक लिङ, फरक वर्ग, फरक जातिको घिन लाग्छो गन्ध नमिसाइ दिनुहोला  । मात्र मिसाइदिनुहोस मानवताको लागि कसैको जिवन बचाउन सहयोगी हातहरु ।  कृपाया जिवनमा कुनै रिस ,राग भएपनि विर्सिदिनुहोस केवल  तपाईं हाम्री एउटी चेली को जिवन बचाउनको लागि अगाडि बढ्नुहोस् ।   लालकौँरा नाथ योगी तपाईं हाम्री चेली हुन् ।

अन्त्यमा, मानव धर्म सबैभन्दा ठूलो धर्म हो। म  समाजशेवी नन्दराज उपाध्याय हात जोडेर बिन्ति गर्छु । लालकौँरा  नाथ योगीलाई बचाउन आर्थिक सहयोग सबैले गरिदिनुहोस् । लालकौँराको जिवन अब तपाईहरुको  हातमा छ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.