khabar bulletin

महराका छोरा पक्राउ

0 30

१३ भाद्र काठमाडौँ। सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । उनलाई बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले अनुसन्धानका लागि महरालाई नियन्त्रणमा लिएको पुष्टी गरे । विद्युतीय चुरोट (भेप ) मा लुकाएर भएको नौ किलो सुन तस्करीमा उनी र उनको बाबु महरा समेत जोडिएका थिए ।

चिनियाँ ब्यापारी दावासँग राहुल र उनको बाबु कृष्णबहादुर महतको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धाबाट खुलेको थियो ।र उनको बाबु महरा समेत जोडिएका थिए ।चिनियाँ ब्यापारी दावासँग राहुल र उनको बाबु कृष्णबहादुर महतको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाटखुलेको थियो । खबरमा भनिएको छ।

यो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाएपछि आलोचना भइरहेको थियो । भेपमा लुकाएर ल्याएको सुन भन्सारका कर्मचारीहरु मिलेर निकालेर विक्री गरेका थिए । उनीहरु अधिकांश अहिले पुर्पक्षका लागि थुनामा छन्।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.