khabar bulletin

मार्च महिनासम्म कोरोनाका कारण लाखौं मानिसको मृत्यु हुनसक्छ – WHO को चेतावनी

0 28

काठमाण्डौं/ विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना संक्रमणबारे गम्भीर चेतावनी जारी गरेको छ । संयुक्त राष्ट्र संघीय स्वास्थ्य संगठनले युरोप र एशियाका केही क्षेत्रमा आगामी वर्षको मार्चसम्म ७ लाख मानिसको कोरोना संक्रमणका कारण मृत्यु हुन सक्ने आकलन गरेको हो । कोरोना महामारीको शुरुआतबाट अहिलेसम्म ५३ देशमा मृत्यु हुने संख्या पहिलादेखिनै १५ लाख भन्दा धेरै रहेको छ। यी ति ५३ देश हुन् जसलाई विश्व स्वास्थ्य संगठनले आफ्नो युरोप क्षेत्र बताउँछ ।

WHO ले कोरोनाको आगामी स्थितिलाई लिएर चेतावनी जारी गर्दै आगामी वर्षको मार्चसम्म ४९ देशमा आईसीयू संकट उत्पन्न हुन सक्ने जनाएको छ। यूरोपमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । युरोपका कतिपय देशले आफ्ना देशमा कोरोना नियन्त्रणका लागि प्रतिबन्धहरु लागू गर्दै लगेका छन्। अस्ट्रियामा पूर्ण लकडाउन गरिएको छ भने कतिपय देशले लकडाउन लागू गर्नेबारे विचार गरिरहेको बीबीसीले जनाएको छ ।

फ्रान्स, जर्मनी र इजिप्टसमेत कयौं देशले चाँडै बुस्टर खोपलाई लगाउनेबारे विचार गरिरहेको जनाइएको छ। कतिपय देशमा भने लकडाउन लागू गरेको विरोधमा प्रदर्शनसमेत भइरहेका छन् । नेदरल्याण्डसमा लकडाउनको विरोधमा हिंसक झडप भएको समाचारहरु सार्वजनिक भएका छन् ।

मंगलबार डब्ल्यूएचओले मौजूदा अवस्थामा आगामी वर्षको मार्च महिनासम्म कुल मृतकको संख्या २.२ मिलियनसम्म पुग्न सक्ने जनाएको छ । WHO ले कोरोनाका कारण हुने मृत्युमा लगभग दुई गुणा वृद्धि भएको जनाएको छ। औसतमा करिब ४ हजार २ सय मृत्यु हरेक दिन भइरहेको छ। रुसमा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या दैनिक १२ सय भन्दा धेरै छ ।

Leave A Reply

Your email address will not be published.