khabar bulletin

मेक्सिकोको सर्वोच्च शिखरमा चारजना को मृत्यु

0 17

मेक्सिकोको सर्वोच्च शिखर पिको डे
ओरिजाबा चढ्ने क्रममा ४ जना आरोहीको
मृत्यु भएको छ । देशको सबैभन्दा अग्लो
हिमाल आरोहण गर्ने क्रममा भएको दुर्घटनामा
४ मेक्सिकन नागरिकको मृत्यु भएको
अधिकारीहरूले जनाएका छन् ।

पगवालपप अनुसार ५३ पर्वतारोही छिमेकी राज्य भेराक्रुजका र एक जना पुएब्लाका थिए । पिको डे ओरिजाबा शिखर दुई राज्यहरू बीचको सीमामा अवस्थित छ ।

मध्य राज्य पुएब्लाको नागरिक सुरक्षा कार्यालयले जारी गरेको तस्विरमा उद्धारकर्मीहरूले हिउँबाट शव निकाल्ने प्रयास गरिरहेका छन् । यस चुचुरोमा पटकपटक यस्ता दुर्घटना भएका छन् । सन् २०१५ देखि, उद्धारकर्मी र आरोहीहरूले यहाँ हिउँमा कम्तीमा तीनवटा शव फेला पारेका छन्। ती शव सन् १९५९ मा हिमपहिरोमा हराएका आरोहीहरुको भएको बताइएको छ ।
यसै क्रममा सन् २०१८ मा मेक्सिक अमेरिकी दूतावासले अमेरिकी कूटनीतिक नियोगका एक सदस्यको सगरमाथा चढ्ने क्रममा मृत्यु भएको बताएको थियो । अर्को अमेरिकी आरोहीको नोभेम्बर २०१७ मा मृत्यु भयो र अन्य सात जनालाई पर्वतमा उद्धार गरिएको थियो ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.