khabar bulletin

राजनीतिकमा छिरेँ नत्र कलाकार बन्ने इच्छा थियो।

0 40

उसोत राजनितिज्ञहरु माअोल आफ्नो पट्टी पार्नको लागी जता गयो त्यतैको कुरा गर्छन। तर त्यसमा पनि   पुष्पकमल दाहाल प्रचण्ड त झन त्यसमा माहिर  राजनीतिक खेलाडी हुन्
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताएका छन् ।शनिवार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिष्पर्धा हेर्न ललितपुरको गोदावरी पुगेका उनले यस्तो बताएका हुन् । उनले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको बताए ।

उनले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताए। कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापीरुपमा स्थापित गर्न भूमिका खेलेको उनले बताए।

विश्वव्यापीरुपमा स्थापित गर्न भुमिका खेलेको उनको दाबी छ। प्रधानमन्त्री दाहालले नेपालीहरु जहाँ भएपनि नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्न सक्नुपर्ने बताए ।

उनले भने, ‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ । मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो पटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरें । आउने दिनमा पनि गर्ने नै छु ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.