khabar bulletin

राष्ट्रपतिको सक्रियता खुल्ने सम्भावना संसद

0 9

३२ साउन २०८०काठमाडौं । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमुख निवास बोलाएर संसद्को अवरोध खुलाउने विषयमा  एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवासमा छलफल गरेका छन्  । बुधबार बिहान बालुवाटारमा बसेको सत्ताघटक शीर्ष नेताको बैठकले अवरोध खुलाउन सबै पक्षसँग गम्भीर छलफल गर्ने निर्णय लिएको छ। तर, सहमतिका लागि ठोस प्रस्ताव अघि सार्न सकेको छैन । ‘संसद् खोल्ने विषयमा कुराकानी भइरहेका छन्। एमालेसँग कुरा गर्न नेताहरूले समन्वय गर्नुहुनेछ, बैठकपछि कांग्रेस उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भने ।

सरकारका अर्का एक मन्त्रीका अनुसार साउन २२ को सहमति हुने आधारमा साउन २३ को बैठकले सदनको अवरोध खुलाउने विषयमा सत्ता र प्रतिपक्षबीच अनौपचारिक समझदारी बनाएको दाबी सत्ता घटक नेताहरूको छ। साउन २३ को बैठकमा दलीय आधारमा एक/एक जना सांसदले बोल्ने र गृहमन्त्रीले जवाफ दिएपछि संसद् नियमित कार्यसूचीमा अघि बढ्ने समझदारी गरेर ओली बालुवाटारबाट निस्केको समाचार बाहिरिएको थियो। ‘बालुवाटारबाट सहमति गरेर निस्केपछि संसद् भवन बानेश्वर पुग्दा नपुग्दै त्यो सहमतिबाट ओलीजी किन र कसरी पछि हट्नुभयो, हामीलाई शंका लागेको छ,’ ती मन्त्रीले भने, ‘संसद्लाई अनन्तकाल बन्धक बनाएर कतै राजनीतिक कोर्सलाई अन्त्य गर्न खोजेको त होईन? यो मूल प्रश्न उठ्छ। लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्य बढ्ने र संसद्प्रति जनतामा नकारात्मक प्रभाव पर्ने भन्दै पौडेलले एमाले अध्यक्ष ओलीलाई जिम्मेवारी भइदिन आग्रह गरेका छन् । ओलीले सत्तारूढ दलसँग राख्दै आएको न्यायिक जाँचबुझ आयोग गठनको विषय राष्ट्रपतिसँग पनि राखेका थिए । संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । राष्ट्रपतिले संसद् खोल्दा राम्रो हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भने  ओलीले भने संसद् अवरोध गर्नु हुँदैन सत्तापक्षले जबर्जस्ती संसद् अवरोध गरिरहेको छ ।अवरोध सत्तापक्षले खुलाउनुपर्छ भनें । राष्ट्रपति पौडेलले  कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएर ठूलो दलको हैसियतले संसद्को गतिरोध अन्त्यका लागि पहलकदमी लिन आग्रह गरेका थिए । दलहरूबीच सहमति नजुटेपछि राष्ट्रपतिले सर्वदलीय बैठक राखेर छलफल गर्न खोज्जुभएको छ । बिहीबार उहाँका पुर्वनिर्धारित कार्यक्रम छन।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.