khabar bulletin

रोल्पा बस दुर्घटनामा ४जनाको मृत्यु, १८ जना घाइते

0 19

२३ साउन, रोल्पा                       

रोल्पामा बस दुर्घटनाग्रस्त हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते  भएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका वाग्मारावाट  दाङ‌को घोराहीका लागि छुटेको ना ख २६१२नम्बरको  बस दुर्घटना हुँदा सो घटना भएको हो भनेर जिल्ला प्रहरी कार्यलय रोल्पाका सुचना अधिकारी प्रकाश भुसालले जानकारी दिए। मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका २ बस्ने २१ बर्षिया प्रकाश बाँठा ,माडी गाउँपालिका  ४ का ५० बर्षिया गोर्खे डाँगी र उन‌कि पत्नी ५० बर्ष की  हस्ता डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् । बस त्रिवेणी गाउँपालिका ७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो। सडकदेखि करिव १५० मिटर तल खसेको र उक्त बसमा  १९ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.