khabar bulletin

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराममाथि पनिअनुसन्धान गर्न बाटो खुल्यो

0 26

२१साउन, काठमाडौँ सर्वोच्च अदालतले लातीता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद् बाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिइएको छ

 

ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले  दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा न्यायाधीश 

अनिल कुमार सिन्हा र डा. कुमार चुडालको इजलासले  नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश  दिइएको हो ।आदेशमा भनिएको छ। २०६६ चैत २९र २०६७ बसारख ३१ , २०६७ साउन २८ तथा २०६९ असोज १८ को नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय तथा निर्णय प्रमाणित गरी कार्यन्‌वयन तहमा प्रत्यक्ष रूपमा संलग्न हुनेहरू, मन्त्रालयस्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव

 

पेश गर्ने, वा प्रस्तावमा संलग्न माथिल्ला तहका पद अधिकारी वा अधिकारीको पदसोपानबाट समेत गरी अब उप्रान्तको थप अनसन्धान कार्य अविलम्ब गर्नु गराउनु भनी प्रत्यर्थीहरुको नाममा यो आदेश जारी गरिएको छ ।

 सर्वोच्चको यो आदेशले ललितानिवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री द्वोय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराई माथिअनुशन्धान अघि बढाउन बाटो खुलेको छ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.