khabar bulletin

लागुअौषधिमा चारजना प्रक्राउ

0 14

१३भाद्र काठमाडौँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-८ रुद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका- १३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र नगद २१ हजार रूपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई ध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बुढानिलकण्ठ नगरपालिका-१० कपन
लागूऔषध ब्राउनसुगर१ ग्रामसहितबुढानिलकण्ठ नगरपालिका-१०कपन बालुवाखानी मैनाली पुल नजिकबाट पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको डेरा कोठाबाट थप १२ ग्राम ५ मिलिग्राम लागूऔषध फेला परेको हो ।

जितपुरसिमरा

उपमहानगरपालिका- १ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा पर्सा कालिकामाई गाउँपालिका-१ भेडियारी बस्ने ३५ का लालबाबु आलम र पर्सा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने ३५

महानगरपालिका-१५ लक्ष्मणवा बस्ने ३५ वर्षीय शेख सिकन्दर मिया रहेका छन् ।ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरीले ना. ५२ प ५१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-२ सेतु बिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने ३२ वर्षीय सेराज खानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त गति एकार गरेको हो ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.