वडाध्यक्ष लाइ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनु ठिक होकि बेठिक हो ?
२५ काठमाडौ, काठमाडौँ महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा गठित विद्यालय व्यवस्थापन समितिहरु भंग गरेको छ। गत असार ३० गते सम्पन्न काठमाडौँ महानगरपालिका नगर सभाले विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको हो।
महानगरपालिकाले पुराना समितिलाई भंग गर्दै वडाध्यक्ष लाइ अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय समेत गरेको छ। काठमाडौँ महानगरपालिका भित्र ८९वटा सामुदायिक विद्यालय रहे का छन्। व्यवस्थापन समिति भंग गर्ने नगर सभाको निर्णयप्रति सामुदायिक विद्यालयका प्रधानाध्यापक का साथै हालका व्यवस्थापन समितिका पदअधिकारीले असन्तुष्टि जनाएका छन् । महानगरपालिकाको उक्त निर्णयमा शिक्षाविद्लाई समेत चित्त बुझेको छैन ।
शिक्षाविद डा. विद्यानाथ कोइरालाले नयाँ व्यवस्थापन समिति गठनको प्रक्रिया मेै गल्ती भएको बताए । बुलेटिन खबरसँग कुरा गर्दै कोइरालाले भने ‘विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियाबाट हेर्ने हो भने ठाडै गल्ति देखिन्छ। किनभने समितिको अध्यक्ष अभिभावक हुनुपर्दछ भन्ने व्यवस्था छ । वडाध्यक्षहरू अभिभावक होइनन्’ । अभिभावक भनेको आफ्ना छोराछोरीहरुलाई त्यहाँ पढाउने व्यक्तिलाई सम्झनु पर्ने व्यवस्था प्रष्ट भएकाले उहाँहरुलाई समितिले चिन्दैन।
नन्दराज उपाध्याय
-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।