khabar bulletin

वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु

0 71

काठमाण्डौं/ वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले दुवाकोटमा आजदेखि उक्त सेवा सुरु गरेको हो । सेवा विस्तार गरेसँगै दुवाकोटबाट अब हात खुट्टा भाँचिएको, छाती लगायतका एक्सरे सेवा बिरामीले पाउने भएका छन् ।

ठुलो परीक्षण गर्न परेमा वीर अस्पतालमा त्यहीबाट रिपोर्ट पठाउने पनि जनाइएको छ । दुवाकोटबाट सेवा दिन एक चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीहरु खटाइएको छ ।

Leave A Reply

Your email address will not be published.