khabar bulletin

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

0 128

काठमाण्डौं/ सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् । वरिष्ठतम् एआइजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आइजी पद खाली थियो।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको स्रोतले बतायो । केसी अब १९ दिन सशस्त्र प्रहरी महानिरीक्षकको कुर्सीमा रहने छन्। तीस वर्षे सेवा अवधिका कारण केसी १९ दिनपछि अवकाशमा जान्छन् ।

उनीसँगै एआइजी रामशरण पौडेल पनि केसीसँगै अवकाशमा जान्छन्। त्यसपछि सरकारले पुन: नयाँ आइजी नियुक्त गर्नुपर्ने हुन्छ । १९ दिनपछि सशस्त्र प्रहरी महानिरीक्षक जो बन्छन् उनी चार वर्ष पदमा रहन्छन् ।

अहिले डिआइजी रहेका राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच भावी महानिरीक्षकका लागि प्रतिस्पर्धा छ । सरकारले उनीहरूमध्ये एक जनालाई चाँडै एआइजी नियुक्त गर्नुपर्ने अवस्था छ । सशस्त्र प्रहरी नियमावलीमा एआइजीबाट मात्रै आइजी नियुक्त गर्न सकिने प्रावधान छ ।

Leave A Reply

Your email address will not be published.