khabar bulletin

सुर्खेतमा रहेको एनआईसी एशिया बैङ्कको कर्तुत

0 46

२भाद्र, सुर्खेत । एनआईसी एशिया बैङ्क सुर्खेत शाखाको कर्तुत यस्तो सम्म भेटिएको छ कि दुई जना सर्वसाधारणलाई जबर्जस्त खाता खोल्न लगाई ग्राहक बनाएर करिव २१ लाख रुपैयाको ऋणको भारी बोकाईएको छ ।दुई जना सर्वसाधारण नागरिकको नाममा जबर्जस्त खाता खोल्न लगाई ऋण नै नलिएको बेला २० लाख ९० हजारको ऋण ग्राहक खातामा देखाएको हो ।

बैङ्ककमा खाता खोलेपछि बैङ्कले तपाईहरुलाई पैसा हालिदिन्छ खाता खोल्नुहोस भन्ने प्रलोभन देखाएपछि सुर्खेतका अमर चौधरी र गणेश थारुले बैङ्कमा खाता खोल्न वाध्य हुनु भएको थियो ।

तर उहाँहरुले खाता खोलेको तीन महिना पछि भने अमरको खातामा ९ लाख ५० हजार र गणेशको खातामा १९ लाख ४० हजार रुपैया ऋण निकालिएको देखाईएको छ ।

ग्राहकहरुलाई भ्रममा पार्दै उनीहरुको सम्पत्ति हत्याउने भित्रि उद्देश्य राखेको बैङ्कले आफ्नो कालो कर्तुत सुर्खेती सर्वसाधरण जनतामा प्रयोग गरेको खुलासा भएको हो । बैङ्कले दिपक रोकायाको एनआईसी एशिया बैङ्कमा रहेको १ करोड १० लाख ८ हजार ४८५ रुपैयाको ऋणलाई सर्वसाधारण अमर र गणेशको नाममा ट्रास्फर गरिएको देखिन्छ ।

बैङ्कले एकाएक पीड़ित अमर र गणेशलाई खाता खोल्न लगाएर किन यस्तो गर्यो ? र रोकायाको समेत यस प्रकरणमा मिलिमत्तो छ या छैन वा बैङ्कको मात्र षड्यन्त्र हो ? त्यो भने अझै रहस्यमय छ ।तर घटनाको प्रकृति अनुसार यो प्रकरण रोकाया र बैङ्कका कर्मचारीहरु मिलेर सर्वसाधारणलाई फसाएको सहजै अनुमान गर्न सकिन्छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं ९ का अमर र वीरेन्द्रनगर नगरपालिका वडा नं २ का गणेशलाई एनआईसी एशिया बैंक एरिचोक शाखाले खाता खोल्न लगाएको थियो ।बैङ्कले खाता खोल्नु अघि उहाँहरु दुवै जनाहरुबाट श्रीमती र उहाँहरुको नागरिताको फोटो कपी लिएको थियो ।

पीडित अमरले एक्कासी बैङ्कले फोटो नागरिकताको फोटो कपी मागी खाता खोलेर हस्ताक्षर गरिएको चेक लिएर आफू माथि ठगी गरेको गुनासो गर्नु भएको छ ।हस्ताक्षर गरिएको चेक लिएर आफू माथि ठगी गरेको गुनासो गर्नु भएको छ ।वैंकले खाता खोल्दा पैसा पाउछ भनि भिराएको ऋणको खाता लिष्ट पनि समायोजन गरिएको छ।

उहाँले भन्नु भयो खाता खोलेको केही दिन पछि साँझ ६:३० बजे बैंकमा परिवार सहित हामीलाइ एरिचोक शाखामा बोलाएर यो कर्तुत भएको रहेछ । बल्ल पछि थाहाँ पायौँ

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.