khabar bulletin

स्वार्थको द्वन्द्व कसुर मानिने गरी विधेयक तयार

0 17

२३साउन, काठमाडौ। आफ्नो नातेदार वा हितौषीको स्वार्थमा गरिने कुनै कामबाट भष्ट्रचार भएमा प्रचलित कानुनमा तोकिएको भन्दा थप ३वर्षसम्म कैद र३० हजार  रुपैयाँसम्म जरिवाना हुनेगरी स्वार्थको द्वन्द्व सम्बन्धी दुई कानुनको प्रारम्भिक मस्यौदा तयार भयको छ ।

नेपाल कानून आयोगले प्रचलित भष्ट्रचार निवारण ऐन २०५९ का दुर्जनौं  प्रावधान संशोधन गरी स्वार्थको द्वन्द्व सम्बन्धि कामलाई कसुरको दायरामा समेट्न खोजेको हो। त्यस बाहेक आयोगले छुट्टै अर्को ‘स्वार्थको द्वन्द्व  व्यावस्थापन सम्बन्धी विधेयक को खाका समेत बनाएको छ ।२०७९पुसमा कानुन मन्त्री बने लगत्तै धुर्ब बहादुर प्रधानले स्वार्थको द्वन्द्व सम्बन्धी कानून मस्यौदा गर्ने निर्णय गरी कानून आयोगलाई जीम्मेवारी दिएका थिए। आयोगले केहि दिनमात्रै नेपाल सरकारका सचिवहरु, सरोकारवाला निकायका प्रतिनिधिहरूसँग यसबारेमा छलफल गरेको थियो ।’खबर बुलेटिनलाई प्राप्त दुई विधेयक मस्यौदामा स्वार्थको द्वन्द्व सम्बन्धी काम गरेर समया भष्ट्रचार भएमा अहिलेको एेनमा भएको सजायको‌अरु थप  ३वर्ष कैद वा ३०हजार रुपैयासम्म जरिवाना  वा दुवै सजाय हुन प्रस्ताव छ ।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.