khabar bulletin

८ महिनाको अवधिमा ७५ लाख रकमको भ्रष्टचार

0 102

३२ ,साउन२०८०काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने गिरोहको संलग्नतामा मुछिएर  थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले आफू गृह मन्त्रालयमा रहेकै बेला आफ्नो व्यक्तिगत सुरक्षाकर्मीमार्फत् झण्डै ८ महिनाको अवधीमा ७५ लाख रुपैयाभन्दा बढी रकम बैंकमा दाखिला गरेको पाइएको छ।
नक्कली शरणार्थी गिरोहमा मिसिएर गत वैशाख २० मा पक्राउ पर्दै गत असार १ काठमाडौं जिल्ला अदालतको आदेशपछि पुर्पक्ष थुनामा राखिएका प्रतिवादी पाण्डेसहितको कैफियत प्रतिवेदनमाथि बिहिबार  देखि सुनुवाइ सुरु हुने क्रममा प्रस्तुत प्रतिवेदनमा बैंक दाखिला रकमको विवरण प्रस्तुत गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले उच्च अदालत पाटनमा बुझाएको कैफियत प्रतिवेदनमा सचिव पाण्डे गृह मन्त्रालयमा बहाल रहेको (२०७८ साउन २७- २०७९ भदौ ३१) अवधिमा कर्मचारी संचय कोष, हिमालय बैंक, एभरेष्ट बैंकमा दाखिला भएको रकमको विवरण छ ।
तत्कालिन गृह सचिव पाण्डेको व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी बरिष्ठ नायक निरिक्षक (हाल सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय, नक्साल) धर्मराज शाहीले गरेको कागज अनुसार, सचिव पाण्डेले आफ्नै कार्यकक्षमा बोलाइ विभिन्न मितिमा रकम बैंक दाखिला गर्न पठाउने गरेका थिए ।सचिव पाण्डेले गृह मन्त्रालयअन्तर्गत निज कार्यकक्षमा भेटी नगद रुपैया दिई पठाउने भएकाले उक्त रकम के, कहाँबाट, कसरी प्राप्त भयो भन्ने सम्बन्धमा मलाई कुनै जानकारी छैन, ‘सुरक्षाकर्मी शाहीले गरेको कागजमा उल्लेख छ- निजले केशवप्रसाद दुलाल मलाई भेट्न आउनुहुन्छ, निजलाई भित्र पठाइदिनू भनी जानकारी गराएका थिए । निज दुलाल मन्त्रालयमा गृह सचिव पाण्डेलाई बेलाबेला भेट्ने गर्नुहुन्थ्यो भन्ने कुरा सुनेको थिएँ ।

शाहीले बैंक दाखिला गरेको भौचर प्रमाणअनुसार, २०७८ कात्तिक २८ मा पाण्डेको एभरेष्ट बैंक खातामा १० लाख रुपैया, फागुन ११ मा कर्मचारी सञ्चय कोष खातामा २१ लाख ५० हजार रुपैया, फागुन २६ मा हिमालय बैंक खातामा १२ लाख ३ हजार ८ सय ३२ रुपैया, फागुन २६ मैं हिमालय बैंकमा १ लाख ५ हजार रुपैयासहित दाखिला गरेको पाइएको छ । दाखिला भएको रकममा सबैभन्दा थोरै २०७९ असार २७ मा एभरेष्ट बैंकमा १० हजार रुपैया राखिएको छ । यसरी २०७८ कात्तिकदेखि २०७९ असारसम्म मौज्दात भएको रकम झण्डै ७५ लाख रुपैया दाखिला देखिएको छ ।र उनीजस्ता हजारौँ अपराध गर्ने व्यक्ति राज्यमा मौजुत छन् । जसले गर्दा देशलाई बर्बाद पारिरहेका छन्।

नन्दराज उपाध्याय

-उपाध्याय समाजिक न्यायमा कलम चलाउने लोकतान्त्रिक व्यक्तित्व हुन।

Leave A Reply

Your email address will not be published.